Author
थुप्रै काम गरिस् रासा, के पाइस् खै ?
धेरै चोटी मरिस् रासा, के पाइस् खै ?
बोटबाट फूल टिप्नु हुन्न भन्छस्
काँडाबीच परिस् रासा, के पाइस् खै ?
जहाँ बस्छस् त्यो महल तेरो हैन
डेरा मात्र सरिस् रासा, के पाइस् खै ?
खूब परिवार–परिवार जप्छस्
आफैंलाई हरिस् रासा, के पाइस् खै ?
मुटुमाझ राखिस् सबैलाई तैँले
आँखाबाट झरिस् रासा, के पाइस् खै ?
Segments
Language
- 19 views