Manjul
पोट्रेट/ मञ्जुल
मेरो प्रिय क्यानभास ! तिमीले मेरो पीडाको पोल नखोलिदिनू ।
- Read more about पोट्रेट/ मञ्जुल
- 23 views
पहाड र आकाश / मञ्जुल
बनको बाँसुरी
आँसु झारी धरधरी छाती चिरी चरचरी
यो बनमा आज लौ कसको खुल्यो बाँसुरी
माला मैले गाँसेछु आज कसको मायाले
लुकाई लुकाई राखेछु आज कसको छायाँले
मनभित्र ढुकढुकी बेसी हान्यो छातीले
- Read more about बनको बाँसुरी
- 6 views
चेली विदा माग्छिन्/ मंजुल
सुनैको कांग्यो सुनैको थाक्रो, सुनौली मेरो केश
नरोए आमा, न्याउली बास्तै म काट्छु माइती देश
दाजुले भेटे मनको बह पोखेर रोइ दिउँला
भाइले भेटे बर्बरी आँसु झारेर रोइ दिउँला
सप्रेम अर्चनाको गजल सुनेपछि/ मञ्जुल
यात्रामा हिँड्दै गएपछि भगवान् पनि भेटिन्छन्; तीर्थस्थल पनि; भन्छन् मानिसहरु। चितवन, बन्दीपुर र पोखराको साहित्यिक यात्रामा थुप्रै युवा कवि; लेखकहरुसँग जाँदा मलाई यस्तै भयो। अक्षर नै भगवान्, स्रष्टा नै तीर्थस्थल मान्ने मैले साह्रै सुन्दर युवा प्रतिभाहरुसँग भेट गर्ने मौका पाएँ। यही यात्रामा भेटिएकी थिइन्; साह्रै सुन्दर वर्तमान र त्यस्तै सुन्दर भविष्य पनि बोकेकी युवा प्रतिभा; सप्रेम अर्चना।
म गीतकार पनि भइहालेँ
आमाको गर्भमा रहँदादेखि नै मैले मीठो गीत सुन्न पाएँ। मीठो गायन सुन्न पाएँ। कति भाग्यमानी म! बहुत थोरैले पाउछन् यस्तो मौका। यस्तो मौका पाएकैले होला म गीतकार पनि भइहाले।
आमाको गर्भमा रहँदादेखि नै मैले मीठो गीत सुन्न पाएँ। मीठो गायन सुन्न पाएँ। कति भाग्यमानी म! बहुत थोरैले पाउछन् यस्तो मौका। यस्तो मौका पाएकैले होला म गीतकार पनि भइहाले। यस्तो मौका नपाएको भए सायद म गीतकार हुन सक्दिनथे होला।
कोही कोही त भन्छन्, 'तिमी त अघिल्लो जन्ममा पनि गीतकारै थियौ होला र त लेख्छौ यति राम्रा गीतहरू!'