Ramman Trisit
गीतकार ‘तृषित’ रहेनन्
काठमाडौ, जेष्ठ १७ - ‘मान्छेको माया यहाँ खोलाको पानी जस्तो...’ होस् या ‘मैले पुन्य मन पराएँ या पाप मन पराएँ...’ जस्ता कालजयी गीतका रचयिता राममान ‘तृषित’को मंगलबार बिहान सवा चार बजे निधन भएको छ ।
विगत चार महिनादेखि दुवै मृगौलामा समस्या देखिएपछि सातामा दुई पटक डायलोसिस गराउँदै आएका उनी आफैं पनि चिकित्सक पेशामा समेत थिए । नेपालमै अकुपङ्कचर सेवाको पहिलो सुरुवात वीर अस्पतालमा सुरु गराएका ‘तृषित’ बहु आयामिक थिए ।
Author
Segments
Language