अब त होस् पुर्याऊ ए बुढी बा / शैलेन्द्र सिम्खडा
गाउँबाट हिँडदा बाले भन्नु भा'थ्यो
बाबु खर्च थोरै छ यत्तिले पुर्याउनु,
जे सस्तो पाइन्छ त्यै किनेर ल्याउनु,
बाको पैसाले न खशी आँउदो र छ, न च्याङ्ग्रा आउँदो रछ,
यो शहरमा त सबैभन्दा सस्तो मन्त्री र सभासद पाँउदो रछ,
सँधै दशैंका च्याङ्ग्राहरू भक्तपुर सल्लाघारीमा राखिन्थ्यो,
यस्पालि बानेश्वरमा राख्न पा’रछ,
समावेशीको नाउँमा कैफियत भा’रछ,
खसीबोकाको हुलमा बाख्री धेरै मिसा’रछ,
म दिक्क भएँ, र सरकारी बजारबाट तरकारी बजारतिर गएँ,
नेताले नटेरेपछि अब त जन्ताले तरकारीलाई गालिगर्न थालेछन्
Author
Segments
Language