मृत्यु ः अस्ति, हिजो र आज / आन्विका गिरी
कसैको रुवाइ बिस्तारै चर्किंदै गएपछि मेरा आँखाहरू आफसेआफ खुले । आँखा खोल्दा कोठा अँध्यारो थियो । सबैभन्दा पहिला सदाझैं मैले आमालाई छामे । आमा हुनुहुन्नथ्यो । अनि मलाई पक्का भो, उज्यालो भएछ । जाडो बढ्दै गएकाले हुस्सुले छिटो उज्यालो हुन नदिने मलाई थाहा थियो । आमा गाईलाई खोले पकाउन चारै बजे उठ्नुहुन्थ्यो । आमा ओछ्यानमा नभएपछि मलाई लाग्यो, चार बजिसकेछ ।