देश खोज्दै जाँदा / श्रवण मुकारुङ
घाँसको भारी उचाल्न नसकेर
असिन–पसिन भएकी थिइन्– दिदी
मैले सघाएँ,
उनले भनिन्–
‘भाइ, देश ज्यादै गह्रैँ छ ।’
ढाकरको पिँधमा टेकुवा अडाउन नसकेर
भिरालो बाटोमा लर्खराउँदै थिए– दाइ
मैले सघाएँ,
उनले भने–
‘भाइ, देश ज्यादै अप्ठ्यारो छ ।’