रातो पासपोर्ट / डा. राजेन्द्र विमल
गजफै भयो ! दुई थान सक्कली सांसद्ज्यूहरू र दुई थान नक्कली सांसद्ज्यूहरूलाई खोरको शोभा यसरी बनाइयो, जसरी तामाभित्र हीरा हालेर बाँडाले औँठीको शोभा बढाइदिन्छ । राष्ट्रिय कारागारको चर्चित 'आइटम' बन्न पाउनु उहाँहरूका लागि जातीय गौरवको ऐतिहासिक उपलब्धि हो । जिन्दगीको एकएक छिन पनि मज्जाले काट्न साईबाबाको कृपा चाहिने हामी भोकानाङ्गा नेपालीहरूका लागि तात्तातो पाकमा झुरुमझुरुम गरी तयार पारिएका वफाउँदो जेरीजस्तो स्वादिलो ताजा समाचार हो ।