विभिन्न व्यक्तित्व सम्मानित
काठमाडौं/ रमा-कृष्ण सृजना प्रतिष्ठानले शुक्रबार राजधानीमा विभिन्न स्रष्टालाई सम्मान गरेको छ। प्रतिष्ठानले वरिष्ठ साहित्यकार कृष्णप्रसाद पराजुलीलाई ँकवि भवानी घिमिरे स्मृति रमा-कृष्ण साहित्य सम्मान’, वैज्ञानिक एवम् शोधकर्ता डा. खुमनारायण पौड्याललाई ँडा. हर्क गुरुङ स्मृति रमा-कृष्ण विज्ञान-प्रविधि युवा पुरस्कार’ र समाजसेवी पदमबहादुर गुरुङलाई ँवीर झागल गुरुङ स्मृति रमा-कृष्ण जनजाति उन्नयन पुरस्कार’ बाट सम्मान गरेको हो।