गणेश रसिकलाई प्रवासी प्रभात पुरस्कार
काठमाडौं, जेष्ठ २७ / साहित्यकार गणेश रसिकलाई 'प्रवासी प्रभात पुरस्कार २०६७' प्रदान गरिने भएको छ । ब्रुनाईमा सम्पन्न प्रवासी नेपाली साहित्य समाजको बैठकले उक्त निर्णय गरेको हो ।
नेपाली साहित्य र सङ्गीत क्षेत्रमा निरन्तर योगदान गरेप्रति रसिकलाई उक्त पुरस्कार प्रदान गरिएको समाजका उपाध्यक्ष विश्वासदीप तिगेलाले विज्ञप्तिमा जनाएका छन् ।