प्रधानमन्त्रीद्वारा भाषा, संस्कृति र साहित्य विकासका लागि सहयोग गर्ने प्रतिवद्धता
काठमाडौ, असार १४ / प्रधानमन्त्री झलनाथ खनालले कला संस्कृति, साहित्य भाषा र दर्शनको प्रवद्धन तथा सम्वद्धनका लागि नेपाल प्रज्ञा प्रतिष्ठानको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।
प्रतिष्ठानको २५ औँ प्राज्ञसभाको मंगलबार उद्घाटन गर्दै प्रधानमन्त्रीले आकारमा नेपाल सानो भए पनि विविध कला, सभ्यता, संस्कृतिमा भने धनी रहेको चर्चा गरे । उनले जनआन्दोलन–२ को भावना अनुरुप मुलुकलाई रुपान्तरण गर्नुपर्ने कुरामा जोड दिँदै सङ्क्रमणकाललाई ठीक ढंगले व्यवस्थित गर्न नसके प्रतिक्रान्ति हुन सक्दछ, त्यसतर्फ प्राज्ञिक वर्गले राष्ट्रलाई गलत दिशातर्फ जान नदिन महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।