सात सय वर्ष पुरानो पौभा
१३ औं शताब्दीमा नेपाली कलाकार अरनिको ८० जना कालिगड सहित तिब्बत गए । तिब्बत पुगेको दोस्रो वर्षमै उनले त्यहाँ सुवर्ण चैत्य निर्माण सकाए, यसपछि युआन वंशका संस्थापक सम्राट कुब्लाई खानको दरबारमा पुगे । कलाकारिताबाट प्रभावित भएर उनलाई तिब्बतकै साक्या गुम्बाका संघनायक पाहसपाले खानको दरबार लगेका थिए । खानले अरनिकोको कला परीक्षणका लागि बिगि्रराखेको ढलोटको एउटा पुरानो मूर्ति मर्मत गर्न लगाए । अरनिकोको कौशलबाट उनी यसरी प्रभावित भए कि भर्खरै बनाउँदै गरेको नयाँ राजधानी तातु (बेइजिङ) मा उनलाई विशाल श्वेत चैत्य बनाउन आदेश दिए । त्यो समय त्यहाँ चैत्य मात्रै बनेन, नेपाली कलाहस्तीले मूर्तिहरू र पौभाहरू पनि बनाए । पछि त्यही थलोमा अरनिको मूर्तिसमेत ठडयाइयो ।