नेपाली
Rachana 135
रचना साहित्यिक प्रकाशन
वर्ष ५४, अंक ५, पूर्णांक १३५, २०७१
- Read more about Rachana 135
- 9 views
कला र साहित्यमा बिम्ब / तेजेश्वरबाबु ग्वंगः
प्रतीक र विम्ब शाब्दिक रूपमा दुई अलग शब्द हुन् । रूपमा मात्र नभई अर्थमा पनि यी अलग छन् । समान गुणका आधारमा कुनै दृश्य वा अदृश्य अन्य कुनै वस्तु/भावको कल्पना गरी प्रतिविम्बका रूपमा प्रस्तुत गरिएका आकार-प्रकार, वस्तु, चिन्ह आदिलाई प्रतीक भन्ने चलन छ । त्यसकारण प्रतीक कुनै भाव, वस्तु, चिन्हको उही वा उस्तै रूप हुनुपर्छ भन्ने हुँदैन । सरल रूपमा बुझ्न र बुझाउन भगिरथका अनुरोधलाई महादेवले आफ्नो जटामा अल्झिनेगरी स्वर्गङ्गा थापिदिए । हेर्दा स्वैरकल्पना जस्तो देखिने यस आख्यान आफैं बर्चस्व राख्छ ।
दुई ध्रुव / राजेन्द्र पराजुली
दुई ध्रुव अर्थात् डा. धु्रवचन्द्र गौतम र धु्रव सापकोटाबीच थुप्रै असमानता छन्, तर तिनको किनारा एउटै छ। दुवैजना साहित्यको गन्तव्य खोज्दै हिँडेका छन्। असमानता वैचारिक र उद्देश्यपरकताको अर्थमा होइन। गौतम वीरगञ्जको तातोमा जन्मिए, सापकोटा काभ्रेपलाञ्चोक, कुशादेवीको शीतल डाँडामा। तिनलाई भेट गरायो यो कचौरे राजधानी काठमाडौँले र अटुट मित्रताको जोडी बनाइदियो साहित्यले। र, केन्द्रमा रह्यो २० को दशकको कथाप्रधान साहित्यिक पत्रिका ‘प्रतीक'। त्यसका सम्पादक थिए सापकोटा र अर्का साहित्यकार हरि अधिकारी।
Rachana 134
रचना साहित्यिक प्रकाशन
वर्ष ५४, अंक ५, पूर्णांक १३४, पुस-माघ २०७१
यस अंकमाः कृष्णभक्त श्रेष्ठ, राजेश्वर देवकोटा, डा बमबहादुर जिताली, डा खलु, रामभरोस कपाडि भ्रमर, त्रिपुरा पौडेल, विवश पोखरेल, बाबुराम लामिछाने, गोविन्द नेपाल, मनु विश्वकर्मा, राकेश कार्की, पूजा आराधना, ध्रुव सापकोटा, श्याम दाहाल, प्रकाशमणि दाहाल, प्रमोद गिरी, निर्मोही ब्यास, इन्द्रकुमार श्रेष्ठ, विश्वनाथ भट्टराई, प्रा डा हरिहर भण्डारी, ठाकुर शर्मा भण्डारी, रेणु चालिसे, प्रतीक घिमिरे, उपेन्द्र गौतम, शिव रेग्मी, रोचक घिमिरे तथा शशि शाह ।
- Read more about Rachana 134
- 37 views
कवि नै हुन् धर्मराज थापा / कमल दीक्षित
धर्मराज थापालाई मैले कैलेदेखि चिनें भनेर सोधियो भने म भन्नेछु– ‘अनन्तकालदेखि।’ त्यो मेरो अतिशयोक्ति हुनेछ तर कुरा साँचो हो। यसरी छाउनुभएको थियो उहाँ नेपाली समाजमा, नेपाली जातिमा कुनै बेला, उहाँका गीतका एकएक गेडा प्रत्येक नेपालीले आफ्नै बोली हो भन्ठान्थ्यो। भावनाको कुरा छाडेर वास्तविक कुरा गरूँ भने भन्नुपर्छ, धर्मराजजीलाई मैले पैले कलकत्तामा भेटेको हुँ सन् १९५३ मा।
कान अर्थात् दुःख सुन्ने अंग / रविन गिरी
२१ जनवरी दिउँसो भावनामा चुर्लुम्म भीएस नयपाल रोए । त्यो रात र भोलिपल्ट बिहानभरि पानी पर्यो । आँसु र पानीको अनौठो संयोग शायद समयसँग जोडिएको थियो । अघिल्लो दिन जावेद अख्तरले वक्त अर्थात् समयबारे नै लेखिएको कविताको पंक्ति सुनाएका थिए:
‘वक्त !
ये वक्त क्या है
ये क्या है आखिर जो मसल्सल गुजर रहा है
ये जब न गुजरा था तब कहाँ था ?
कहीं तो होगा !
गुजर गया है तो अब कहाँ है ?
कहीं तो होगा !
कहाँ से आया, किधर गया है ?
ये कब से कब तक का सिलसिला है ?
ये वक्त क्या है ?…’
प्रज्ञामा पुस्तक मेला
काठमाडौ, माघ १६ - लामो समयदेखि केही फरक र नयाँ पुस्तकको खोजीमा थिए लेखक कुमार नगरकोटी । पसलमा नपाइने किताब कहिलेकाहीं प्रदर्शनीतिर फयाट्ट भेटिई पनि हाल्छ । यस्तै, संयोग मिल्यो राजधानीमा बिहीबार सुरु 'दोस्रो राष्ट्रिय पुस्तक मेला' मा ।
नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा सुरु प्रदर्शनीमा कुमार बिहानै भेटिए । उद्योगमन्त्री महेश बस्नेतले उद्घाटन नगर्दै कुमारले प्रदर्शनी घुमेर केही किताब पनि किनिसकेका थिए ।
मुक्त अनुभूतिमा नारी स्रष्टा
काठमाडौ, माघ ११ - मोमिला जोशी र विमला तुम्खेबा समकालीन नेपाली साहित्यका सशक्त कवि मानिन्छन्। यी दुई स्रष्टा शनिबार दिउँसो एकसाथ रचना वाचनमा देखिए। मासिक कविता वाचन शृंखला 'मुक्त अनुभूति' को आठौं शृंखलामा यी दुई प्रस्तुत भएका हुन्। अन्तरक्रियासहितको वाचन शृंखलामा धेरैजसो नारी संवेदना, अस्तित्व र प्रेमसित सम्बन्धित कविता प्रस्तुत भए। शृंखलाको सुरुआत मोमिलाले अस्तित्व र विसंगतिजनित कविता 'पीडाको महोत्सव' बाट गरेकी थिइन्। यसपछि यिनले चर्चित चित्रकार भ्यानगगको 'द स्पेरी नाइट' चित्रबाट प्रभावित 'तारा बेलेको रात' सुनाइन्, यसमा पनि उनले अस्तित्वकै प्रश्न उठाएकी थिइन्। यो क्रमलाई उनले 'पुतलीको घर, नोरा र म' कविताले जोडिन्, नर्बेली नाटककार हेनरिक इब्सेनको चर्चित नाटक 'अ डल्स हाउस' बाट प्रभावित यो रचनामा पनि उनले नारी अस्तित्वकै सवाल उठाइन्।
म 'सम्राट' नभएर 'विद्यार्थी' हुँ : ज्ञानुवाकर / मनोज न्यौपाने
वि.सं. २००४ सालमा काठमाडौँको गौशालामा जन्मनुभएका ज्ञानुवाकर पौडेलको अन्य विधामार्फत् साहित्यमा प्रवेश ज्ञानेश कान्तिपुरेका नामबाट वि.सं. २०३० मा भए पनि, गजलमा प्रवेश चाहिँ २०३५ साल असारमा अभिव्यक्तिमा प्रकाशित छ शेरको गजलबाट भएको हो । यस 'मधुपर्क' मासिकमा उहाँको गजल सर्वप्रथम २०३७ सालमा प्रकाशित भएको हो । उहाँका 'खण्डहर नयाँनयाँ' (२०४८) र 'जिन्दगी छैन अचेल जिन्दगीजस्तो' (२०६८) गरी दुई गजलकृति प्रकाशित छन् । गजलकार पौडेलसँग मनोज न्यौपानेले गर्नुभएको विधावार्ता :