नेपाली
Awakashko Bholipalta / Rakesh Karki
Shabdankur 119
Shabdankur Nepali Literary Magazine
Issue: 119
Editor: Dhir Kumar Shrestha
Magazine
Language
- Read more about Shabdankur 119
- 16 views
Salim / Nayan Raj Pandey
Seto Chithi / Shreeom Shrestha Rodan
Tankiko Phool ra Ek Jodi Aankha / Ilya Bhatatrai
टाँकीको फूल र एक जोडी / आँखा इल्या भट्टराई
वरिपरिको परिवेशमा छरिन आइपुगिसकेको छ । अगिदेखि तप्त भएको वातावरण विस्तारै शीतलमा अनूदित हुँदै छ । कताबाट हो कुन्नि अचानकै एक झोक्का हावा चलेर जडवत् भइरहेको निःशब्द वातावरणलाई आफू पनि यतै कतै छु है भन्ने सङ्केत दिएर गयो । त्यहीँ छेउको टाँकीको रूख सेता फूल आफूभरि फुलाएर गमक्क परेको छ । सेतो शुभ्र टाँकीले वातावरण उजेलिएको छ, तर मेरो मन……! अगिदेखिनै घुर्मैलो तुवाँलोले टम्म ढाकिएको मेरो मन भने अब, सके म बाँचुन्जेल सम्म पनि उघ्रिन सक्ने छैन ।
Author
Segments
Language
Mero Tharu Gaun / Mahesh Bikram Shah
पोहोरको दसैं गाउँमा मनाएका थियौं । फर्किने बेला साथी सोनालाल चौधरीले भनेको थियो, ‘और साल पे आइहो । तु आइठ त एकदम मजा लागठ ।’ म धेरै वर्षपछि कैलाली जिल्लामा अवस्थित मेरो गाउँ भंग्रैया गएको थिएँ । गाउँका मुखिया बडघर राजेन्द्रले यसपालि गाउँका युवायुवतीहरूलाई भेला पारेर सखिया नाचको चाँजोपाजो मिलाएका थिए । ‘गाउँका केटाकेटीहरूसमेत बम्बइया सिनेमा भन्यो कि भुतुक्कै हुन थाले । अब कसले नाच्छ सखिया नाच ?’ लोक संस्कृति हराउँदै गएकोमा उनी चिन्तित थिए । तैपनि उनले हरेस नखाई युवायुवतीहरूलाई सम्झाइबुझाई सखिया नाचको समूह तयार गरेका थिए । धेरै वर्षपछि गाउँलेका आँगनमा रातो ब्लाउज र सेतो लुंगीमा सजिएका तन्ने
Author
Segments
Language
Pen-Friend / Maya Thakuri
भित्र पस्नासाथ युवतीले आफ्ना ठूला ठूला नजर घुमाएर चारैतिर हेरी। अनि कुर्सीमा गइ बसी। उसका उत्सुक नजरले कसैलाई खोजिरहेको झैँ लाग्दथ्यो। ऊ बारम्बार आफ्नो नाडीमा बाँधिएको सानो घडीतिर हेर्दथी अनि फेरि ढोकातिर। समय पनि उही थियो जो मैले दिएको थिएँ। युवतीका हावभावले र उसका उत्सुकतापूर्ण नजरले कसैको खोज गरेकाले ऊ नै सुषमा हो भनी अन्दाज लगाउनमा मलाई केही दिक्क लागेन तर म भने मौन भएर बसेको थिएँ। म चाहेर पनि सुषमाका छेउमा जान सक्दिनथेँ ।
Segments
Language
Demise of Encyclopedia of Nepali Literature
नेपाली साहित्यको इन्साइक्लोपेडिया मानिन्थे उनी । मध्य बानेश्वरस्थित बासस्थानलाई उनले साहित्यिक खोज–अनुसन्धानको भव्य पुस्तकालय बनाएका थिए । कुनै पनि लेखक, कृति या साहित्यिक इतिहासको प्रसंग खोजीनीति गर्न उनीकहाँ पुग्दा उनी आफैंले फोटोकपी गरेर दिन्थे । उनै साहित्यिक पत्रकार एवं अन्वेषक शिव रेग्मीको ७७ वर्षको उमेरमा बुधबार मस्तिष्काघातका कारण निधन भएको छ ।
About Personality
Segments
Language