जनता
- भविलाल लामिछाने
लुगा-फाटा, अन्न-पानीको भाउ बढ्दा
सपना खान्छन्, सपना ओढ्छन्
सपनासँगै सुत्छन्
जसलाई अघि अघि लगाई
बन्छन् मुलुक विजेता
गणतन्त्रको शब्दकोशमा
तिनैलाई भनिन्छ जनता ।
(असम)
Author
Segments
Language
- Read more about जनता
- 15 views