Translator
Author
ती मान्छे साह्रै भाग्यमानी थिए
जसले प्रेमलाई काम सम्झिन्थे
या कामसँगै प्रीति गाँस्थे
म त जीवनभर व्यस्त रहेँ
थोरै प्रेम गरेँ थोरै काम गरेँ
कामले प्रेममा भाँजो हालिरह्यो
प्रेमले कामलाई उल्झाइरह्यो
र अन्तिममा दिक्क भएर मैले
दुवैलाई अधुरै छोडिदिएँ ।
अनुवाद: विभोर
Segments
Language
- 155 views