Nadi Kinarma / Bhimdarshan Roka
नदी किनारमा / भीमदर्शन रोका
बितोस् सन्ध्या मेरो एक नदीको किनारमा
होला घाम पश्चिमी बादलको पुछारमा
डुबेको होला वन र पाखा झिंगुरको झङ्कारमा्
डुबेको हुँला म पनि एक गहिरो विचारमा
बितोस् सन्ध्या........
पन्छीहरु सबै जालान् आफ्नो आफ्नो वासमा
एक्लै हुँला तर म त्यहाँ टाढाको आशमा
बितोस् सन्ध्या.........
चिसो बतास आई फकाउला मलाई
तब उदय होला तारा मेरो पूर्वको दुवारमा
बितोस् सन्ध्या......
World Classics
Author
Language
भिखारी / लक्ष्मीप्रसाद देवकोटा
(१)
हेर भिखारी अडि अडि आयो
करुण दृष्टिले नजर उठायो ।
गाढा दुखको मौन प्रकाश ।
झिना आशा-तार बजायो
घाम उज्यालो आँगन पास ।
एक बिन्दुमा गोल खसायो
जीवनको इतिहास ।
Author
World Classics
Language
रोदी घर
तिम्रो मादलुको तालमा
नाच्न सक्दिनँ मायालु
दोहोरी जमाउने उमेर घर्किसकेछ
तार चुँडिएको वीणा तुल्य स्पन्दन
अब त नाकमा डण्डीफोर आउँदा पनि
नाक नै काटीदिऊँ जस्तो लाग्छ
World Classics
Author
Segments
- Read more about रोदी घर
- 11 views