आफ्नै भक्तले डुबाएका देवकोटा / डीपी भण्डारी
कुनै पनि मुलुक र त्यहाँका सार्वजनिक क्षेत्रका व्यक्तिको मूल्यांकन गर्नुपर्दा त्यस समाजको बौद्धिक स्तर पनि हेर्नुपर्छ। यस अवस्थामा हामी हाम्रा महाकवि देवकोटा पनि परेको मान्न सक्छौँ। अर्थात् देवकोटाको मूल्यांकन गर्न उनलाई समग्रमा हेर्न खोज्नेहरूले उनका भक्त र प्रशंसक हुँ भन्नेहरूको भनाइलाई पनि हेर्नुपर्ने हुन्छ। हालसम्म देवकोटाका विषयमा जति पनि कुरा आए तीमध्ये केही सही, वास्तविक र वस्तुनिष्ठ भए पनि कतिपयचाहिँ काल्पनिक र अव्यावहारिक नै छन्।