Author
तिमी र ममा
को हो नारी, को नर ?
दुवै ईश्वर !
***
तिम्रो परेली
अधरको तरेली
मेरो हुनु नि !
***
डाली– डालीमा
तिमी फुलेको हो कि
प्रीत फुलेको ?
***
आहट सुने
तिमी हो कि भनेर
ढोका नै तोडें ।
***
मौसम आयो
पिरतीको मौसम
बसन्तसितै ।
***
सारै जाडो भो
अंगालो हाल्ने हो कि
म्वाई खाने हो !
***
जात न पात
चोखो पिरतीलाई
दिन न रात ।
Segments
Language
- 106 views