ज्ञानुवाकरको दोस्रो स्तम्भ / जैनेन्द्र जीवन
भट्टको युगमा मौलाएको नेपाली गजल ६०–७० वर्षसम्म हराए जसरी सुस्तायो। भीमनिधि तिवारीहरूको समयमा पुनः ब्युँतिएको साहित्यको यो विधामा बहार आउन २०३० को दशकको आधाआधी पर्खनु पर्यो। नेपाली गजलमा तेस्रो पटक पुनर्जागरण ल्याउने सर्वाधिक श्रेय ज्ञानुवाकर पौडेललाई जान्छ, जसले २० वर्षको अन्तरालमा दोस्रो कृति सार्वजनिक गरेका छन्― जिन्दगी छैन अचेल जिन्दगीजस्तो। यसअघिको संग्रह खण्डहर नयाँ–नयाँ नेपाली गजलको आधुनिक कोसेढुंगा मानिन्छ।