काठमाडौं, (नेस)। नेपाली कला साहित्य डटकम प्रतिष्ठानले वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान र समालोचक डा. गोविन्द भट्टर्राई पुरस्कार प्रदान गरेको छ।
नेपाली भाषा र साहित्यको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएवापत जोशीलाई कलाश्री सम्मान प्रदान गरेको हो। समालोचक भट्टर्राई ५० हजार रुपियाँ राशिको राष्ट्रिय कलाश्री पुरस्कारबाट पुरस्कृत हुनुभएको हो।
राष्ट्रपति डा. रामवरण यादवले उहाँहरूलाई बिहीबार शितल निवासमा आयोजित कार्यक्रममा सम्मान र पुरस्कार प्रदान गर्नुभयो। उक्त अवसरमा प्रतिष्ठानकी अध्यक्ष मोमिला, राजेश्वर कार्की, डा. लक्ष्मणप्रसाद गौतमलगायतले पुरस्कृत व्यक्तित्व तथा प्रतिष्ठानका गतिविधिबारे बोलेका थिए।
(Source: NayaPatrika Daily)
Segments
Language