पुराना ती रङ्गमंच उठाउँदै म आएँ / नरेन्द्रराज पौडेल पुराना ती रङ्गमंच उठाउँदै म आएँ नयाँ नौलो रोदीघर बसाउँदै म आएँ । यौवनको भेलबाढी गयो बेसै भयो पीरतीको पहरामा रसाउँदै म आएँ । वैली जाने रहरहरु उखेलेर फाल्दै वैशाखको पालुवामा पलाउँदै म आएँ । Author Narendraraj Poudel Segments Ghazal Language नेपाली Read more about पुराना ती रङ्गमंच उठाउँदै म आएँ / नरेन्द्रराज पौडेल4 views