अघोरीहरू / भाउपन्थी
राति कतिबेला हो, त्यो थाहा भएन। तर, त्यो एउटा मुसो पानीको बाल्टीमा खसेर मरेछ। छप्ल्यांग आवाज आएको पनि सुनिएन। सायद पानी 'साइलेन्ट किलर' बनिदिएछ। पानीले भरएिको बाल्टी ढाक्नुपर्ने थियो। प्रचार पनि यही गरन्िछ अर्थात् स्वास्थ्यका लागि पानी ढाकेर राख्नुपर्छ। सजिलो कुरो हो, पानी ढाक्नुपर्छ भन्नु। तर, प्रश्न यो जन्मन्छ, पानी नै नआउने धारामा पानी कसरी झार्ने र कुन भाँडालाई किन ढाक्ने !