पहिचानको शिकार / आनन्दराम पौडेल
भिनाज्यु बैकुण्ठ बलामीको घर हेटौंडा, नवलपुरमा थिएँ। रातको पौनेदश बजेको थियो। बिछ्यौनामा पल्टनासाथ निन्द्राले झ्याप्पै पारेको थियो। कसैले बोलाइरहेको मधुर नारी स्वर कानमा प-यो। अर्धनिन्द्रामै नारी आकृति देखें। औसतभन्दा मोटी अधबैंशे महिला थिइन्। प्रष्ट ठम्याउन नसकेर एकछिन अल्मलिएँ। म अल्मलिएको देखेर उनैले आफ्नो परिचय दिइन्। परिचय पाउनासाथ टेलिभिजन र अखबारहरुमा देखेको उनको फोटो झलक्क सम्झें। कोलकाताको बनर्जी परिवारकी छोरी सुस्मिता बेनर्जी रहिछन्। जातिवादी, कट्टर साम्प्रदायिकहरुको शिकार भएको सुनेको थिएँ। जान्ने कौतुहल थियो। साम्प्रदायिक, जातिवादीहरुको अत्याचार