प्रवासीको दशै / आचार्य प्रभा
उता घर, आँगनमा
दशैंको जमरामा
सरर हावा बयेली खेल्दै
मनोरम उच्छवासको
आनन्द लिँदै होला
यता प्रवासी मन
बिगतका दशैहरु
सम्झँदै भक्कानिन्छ
बेस्सरी।
निधारभरि मान्यजनहरुका
आशिषसरिका
चामल टिको र दुबो,जमरा
नैराश्यका धमिला पानाहरु
बनेर छताछुल्ल
आँखाभरि पोखिन्छन्
केवल सम्झना र चाहनाहरु
पानी बनाई बगाउनु सिवाय
अरु के, नै, पो
बिकल्प छ र ?
Author
Segments
Language