Author

दायाँ हातमा राखेँ मेरा शत्रुलाई
अनि जोडी दुई हात, मेरो भगवान,
तिमीलाई गर्छु प्रणाम ।
तिमीले दिएको सबथोक छ भगवान
खुसी देऊ या आँसु, मञ्जुर छ भगवान
मेरा पापहरूको क्षमा नदेऊ
मलाई सजाय नै मञ्जुर छ भगवान ।
जब सम्म दुई हात केही गर्न सक्छन्
तब सम्म यी हात फैलाई नआऊँ
जब एकदिन म तिमी छेउ आउँछु
संसारमा केही नछाडी नआऊँ ।
Segments
Language
- 37 views