Author
- जीवन नामदुङ
कविता लेखेको समयमात्र
आफू बाँचेको हो जस्तो लाग्छ
अरू बेला त जिन्दगीले
खित्का छाडी छाडी मलाई
हेर्दै हाँसे जस्तो लाग्छ
कविता देखेको समयमात्र
जिन्दगीमा ब्यूँझेको जस्तो लाग्छ
घाम लागेको
भाले बासेको
गुलाफ फुलेको र
पुतली नाचेको जस्तो लाग्छ
कविता नलेखेको समय
आफैँलाई मूर्ति बाँचेको जस्तो लाग्छ ।
(दार्जीलिङ)
Segments
Language
- 72 views