Story
Nepali Story कथा
बर्दी / जगदीश घिमिरे
बाह्रौँ बलात्कारी भित्र पस्ता उसले हलचल गर्न छोडिसकेकी थिई । बलात्कारीलाई यो ज्यादै मन परयो, किनभने पहिले पहिलेका बलात्कारीहरूले जस्तो उसले बलात्कृतको लात सहनुपर्ने भएन । (हुनत ऊ दूध दिने गाईको लात सहन राजी थियो ।) उसले पहिलेपहिलेका बलात्कारीहरूले जस्तो बलात्कृतका खाँबामा बाँधेका हात–खुट्टा थिच्न, चुल्ठो समाउन, मुखमा उसकै सारी कोच्न अन्य बलात्कारी साथीहरूको सहयोग–सहभागिता लिनु पर्ने भएन । उसँग गरिबगुरुवा र बेसहाराको मदतका लागि अफिसले दिएको लाइट थियो । उसले त्यो बालेर हेर्यो – बलात्कृत नेपालको हिमाल, लेक, बेंसी र हरिया फाँट जस्तो छ । अनुहारमा अनन्त शान्ति छ । त्यो देखेर बलात्कारी मुग्ध भ
लण्ड्री प्रेम
घरबाट उसलाई बिहे गर्न नेपाल डाक्याडाक्यै थिए। हरेक पटकको फोनमा अरू कुराभन्दा बढी उसलाई बिहे गर्नु पर्यो, बूढो हुन लागिसकिस् आइज भनिरहन्थे। उसलाई पनि घरकाहरूको यो कुरो ठीक लाग्न लागिरहेको थियो। त्यसकारण उसले फोनमा बाउलाई सुनाएको थियो, “हुन्छ मङ्सिरमा आउँला।”
यो कुरो साउनको थियो। भदौमा पर्ल स्ट्रिटको मिस्टिक लण्ड्रो म्याटमा उज्ज्वलासँग उसको भेट भएको थियो। त्यसकारण ऊ मङ्सिरमा नेपाल नजानुको कारण यै बन्यो।
- Read more about लण्ड्री प्रेम
- 21 views
रुपान्तरण
सहकारीको अर्थ सहकार्य, आर्थिक-सामाजिक रूपान्तरणको आधार। थोरै-थोरै रकम नियमित रूपमा जम्मा गरेर सामूहिक कार्य गर्ने थलो। यस सहकारीमा तपाइर्ं-हामी सबैले सदस्यता लिनुपर्छ र हामी आफैँले आफ्नो रूपान्तरण गर्ने जग बसाल्नुपर्छ।" जीवन सरले हामी सबैलाई नियाली-नियाली मधुर मुस्कानसहित प्रस्ताव राख्नुभयो। जीवन सर कुनैबेला हाम्रा राजनीतिक नेता पनि हुनुहुन्थ्यो। जीवन सर हामीमध्ये कतिका स्कुलका गुरु पनि हुनुहुन्थ्यो। उहाँको प्रभावकारी प्रवचनलाई नकार्न र तर्क गर्ने हामीसँग हिम्मत र खुबी दुवै थिएन, हामीले जीवन सरको प्रस्ताव पारति गर्यौँ।
- Read more about रुपान्तरण
- 10 views
लाइफ इज ब्युटीफुल ! / भाउपन्थी
नत्र हामी, म र मेरी श्रीमती राधा अझै निकै बेरसम्म सुत्ने थियौँ । धेरै सुत्ने र कम खाने अभ्यासमा हामी लागेका छौँ । जागिरको तलबले पूरै महिना धान्न धौधौ मात्र होइन पुग्दै नपुग्ने भइरहन्छ । त्यसैले धेरै सुत र कम खाऊ, कम खर्च गर भन्ने सिद्धान्त हामीले प्रतिपादन गरेका छौँ । बिहे भएको तीन वर्ष भइसक्यो तर हामीले सन्तानोत्पत्तिबारे अझै विचार गर्न सकेका छैनौँ, राधाको पहिलो गर्भ खेर गएपछि । काखमा बच्चा खेलाउने रहर रहरमै सीमित गरेर बसेकी छ राधा, मेरी श्रीमती । वास्तविक कुरो उसले थाहा पाएकी छैन । मनको भ्रम निवारण गर्न कन्डोमसन्डोम, पिलसिल छोडेर उसले लामो अवधिसम्म गर्भ रोक्ने कपर टी हो कि के हो लगाएकी छ
खबरदारी र विज्ञ
भर्खरै बृहत् जनआन्दोलनबाट शान्तिपूर्ण क्रान्ति सम्पन्न गरेको एउटा मुलुकले अग्रगामी परिवर्तनअनुसार साहित्य, संस्कृति र कलाको क्षेत्रमा नयाँ दृष्टिकोण र बहुल सांस्कृतिक चेतनाका साथ काम गर्ने गरी एउटा राष्ट्रिय सांस्कृतिक केन्द्र गठन गर्ने निर्णय गर्यो । एउटा उच्चस्तरीय सांस्कृतिक नीति निर्माण समिति गठन गरियो, जसमा सबै प्रमुख आन्दोलनकारी दलका प्रतिनिधि र सांस्कृतिक क्षेत्रमा कार्य गरिरहेका, जातजाति, विविध भाषाभाषीका प्रतिनिधि समावेश गरिए । त्यस समितिले सबै जातजाति, भाषाभाषीका संस्कृतिको विकास गरेर एउटा राष्ट्रिय संस्कृतिको निर्माण गर्ने नीति तर्जुमा गर्यो र राष्ट्रको सर्वोच्च सांस्कतिक संस्थ
- Read more about खबरदारी र विज्ञ
- 27 views
प्रेमपत्र / विभोर बराल
पार्कमा एक घण्टा
केटोले केटीको ओठमा ओठ राख्न लाग्दा सम्म मैले हेरीरहे । केटीका आँखा बन्द थिए । जब उसले राख्यो नै तब मलाई अचानक खोकी आयो । मैले खोके, दुबै झस्किए । केटी लजाई, केटो रिसायो । यस्तो लाग्थ्यो उसले धेरै बल गरेर त्यो चुम्बन लिन खोजेको थियो । म बिचमा हलुवामा बालुवा भइदिए ।
"तँलाई पख!", केटोको रिस भरिएको आँखा मसँग जुध्दा मलाई गाली गरेजस्तो लाग्यो ।
"के यस्तो खुला ठाउँमा दिन दिउँसै गति छाडेको त!", मैले पनि आँखामा रिस नै ल्याएर आँखाको भाकामा भने ।
ऊ उतापट्टी फर्क्यो ।
- Read more about पार्कमा एक घण्टा
- 19 views
रेड वाइन / नयनराज पाण्डे
'ओहो ! हजुरले कैले पनि पिइबक्सन्न ? साँच्ची ? हजुरलाई रम, ब्रान्डी, हि्वस्की, वाइन कसैको पनि स्वाद थाहा छैन ? हजुरजस्तो व्यक्तिलाई पाएर हामी धन्य भएका छौँ । खुसी छौँ । साह्रै खुसी छौँ । हजुरको नेतृत्वमा काम गर्न हामी आतुर छौँ । लालायित छौँ । व्यग्र छौँ । हामी हजुरलाई तन-मन दिएर सहयोग गर्नेछौँ ।'