Song
Nepali Sont गीत
Manchheko Maya Yahan / Ramman Trishit
न सम्झुँ भन्छु तिमीलाई/ हरिभक्त कटुवाल
न सम्झुँ भन्छु तिमीलाई
नसम्झी बस्न के सक्थें ?
नहेरूँ भन्छु तिमीलाई
नहेरी बस्न के सक्थें ?
कि तिम्रो सम्झना उस्तो
कि मेरो छाती नै उस्तो
कहालिन्छ जव छाती
नधाई बस्न के सक्थें ?
खिइने छैन यो सृिष्ट
दुइ आँखाले हेर्दैमा
फुलेको सृिष्टको फूल
नसुँघी बस्न के सक्थें ?
छ तिम्रो सम्झना मीठो
कमलो छाती छ मेरो
जसै चस्कन्छ यो छाती
नरोई बस्न के सक्थें ?
जति सम्झ्यो उति मीठो
जता हेर्यो उतै सुन्दर
यो सुन्दर सृिष्टको गीत
नगाई बस्न के सक्थें ?
हिमालका कुरा/ दिनेश अधिकारी
हिमालका कुरा गर्यौं, गुराँसका कुरा गर्यौं
देशभक्ति देखाउन शहीदका कुरा गर्यौं
बेला भयो आऊ अब इमानको कुरा गरौँ
बिरामी छ देश अहिले निदानका कुरा गरौँ
लुकीचोरी देशको भाग आफैँले पो खायौ कि
धितो राखी यो देशलाई नयाँ लुगा लायौँ कि
आफैँसँग सोधौँ अब कहाँ कहाँ हामी चोक्यौँ
कुन ठाउँमा लड्खडायौँ, कहाँ कहाँ हात झिक्यौँ
मुखले बुद्ध भने पनि मनले चुत्थो भयौँ कि
जसले जे जे गरे पनि हेरिमात्र रह्यौँ कि
आफैँसँग सोधौँ अब कहाँ कहाँ हामी झुक्यौँ
कसको पछि लाग्यौँ हामी, आपसमा किन फुट्यौँ ?
॰[साभार: शुक्रबार]
तिमी तारे भीर म त लहरा/ श्रवण मुकारुङ
पर लैजाऊ फूलहरू/ राजेन्द्र थापा
पर लैजाऊ फूलहरू छोपिदेऊ तारा जून
बन्द गर गीतहरू तिम्रो याद आउने सबै चिजहरू
शहरको भीडमा म एक्लो हल्लाले छुँदैन
रानीवनको एकान्तमा पनि मन चुप हुँदैन
पहाडमा पनि शान्ति छैन
तिम्रो याद नआउने कुनै ठाँवै छैन
संसारदेखि भागुँला तिमीबाट सक्दिन
आत्तिएर मन उड्न खोज्छ तर मुक्ति पाउँदिन
सपनामा पनि शन्ति छैन
तिम्रो याद नआउने कुनै ठाँवै छैन