Author
यति सम्म प्रीति गरी गरी न यता भएँ न उता भएँ,
न त मन् लिएँ न त दीदिएँ न यता भएँ न उता भएँ ।
न त होस् वास कि राखियो न त फूलको रस चाखियो,
न त याद भो न त स्वाद भो, न यता भएँ न उता भएँ ।
बिनु औसरै सित भेट्नू तरबार लीकन रेट्नू,
न त छिन्दिनू, न त नछिन्दिनू, न यता भएँ न उता भएँ ।
न त साथ बस्न संगी भएँ न दुस्मनै सरि भै गएँ
न पुरानियाँ न त यो नयाँ न यता भएँ न उता भएँ ।
न त खुस् भईकन प्रेम् गरी तन रिस् गरी कन मन् हरी
न यसो गरी न उसो गरी न यता भएँ न उता भएँ ।
गायन/संगीत: भक्तराज आचार्य
Segments
Language
- 20 views