Ghazal
जसै परिन्छ प्रेममा, झुकाव बढ्छ सुस्तरी/ सप्रेम अर्चना
जसै परिन्छ प्रेममा, झुकाव बढ्छ सुस्तरी
उनी नजिक पुर्याउने बहाव बढ्छ सुस्तरी
सप्रेम भेट्न आउँदा विभोर बन्छु हर्षले
सदैव भेटघाटको लगाव बढ्छ सुस्तरी
घडा भरेर यादले चिरेर बस्छु शून्यता
र यादमा नआउँदा दबाव बढ्छ सुस्तरी
भुलिन्छ कार्यतालिका रमाइलो हुँदाहुँदै
तमाम कार्यमा उतारचढाव बढ्छ सुस्तरी
गुलाफ बन्छ जिन्दगी उनी मुसुक्क हाँस्दिए
र मौनता छचल्किए तनाव बढ्छ सुस्तरी
Author
Segments
Language