Author
धुर्त अनुहारले सज्जनको खोल ओढेको हुन्छ ।
हरेकको अहंले दर्शनको खोल ओढेको हुन्छ ।
जो रन्थनिएको छ कुसंस्कारको सोचले
त्यही निधारले चन्दनको खोल ओढेको हुन्छ ।
या त हिजै या भोलि टन्न घुस खानेले
आज देखावटी अन्सनको खोल ओढेको हुन्छ ।
सफलता पाउन बुझ्नुपर्छ यो यौटा रहस्य
हरेक अवसरले बन्धनको खोल ओढेको हुन्छ ।
Segments
Language
- 11 views