बन्दुकबाट कतै निक्लिएको गोली
नखेली छाड्दैन रगतको होली
जे जे दिन्छौ देऊ तिम्रो आफ्नै खुशी
मैले थापी दिएँ रित्तो मेरो झोली
किनार सधैं खोज्छ अँगालोमा बाँध्न
तर अघि अघि भागिहिड्छ खोली
जूनको छहारीमा सुन चाहिँदैन
मात्र सुने पुग्छ तिम्रो मीठो बोली
यात्रा शुरु गर्न साइत चाहिँदैन
अहिले नै हिँदौ भन्नु हुन्न भोलि
Author
Segments
Language
- 13 views