ऊ त गयो खोला पारि यता एक्लै पारी/ सुबिसुधा आचार्य

ऊ त गयो खोला पारि यता एक्लै पारी
लहर गन्दै किनारामा कुरिबसैँ आँसु झारी ।

चैतको खहरे उस्को माया मेरो भयो साउनको भेल
बैगुनीले किन खेल्यो जिन्दगीमा हराउने खेल
खोला तरिसकेपछि लौरी भुल्यो माया मारेर
ऊ त गयो खोलापारि यता एक्लै पारी ।

एउटै थियो जीवनको वारिपारि गर्ने डुङ्गा
झारिदियो मझधारमा मुटुमाथि राखी ढुङ्गा
खुसी फुल्ने ओठहरुमा विरहको काँस सारेर
ऊ त गयो खोलापारि यता एक्लै पारी ।

[Shabdankur 117]

Segments