Loading

त्रिमूर्ति निकेतन

नेपाली भाषासाहित्यका विभूतित्रय कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मानमा स्थापित त्रिमूर्ति निकेतनको २०६१ साल भदौ ११ गते अनावरण भएको थियो। नेपाली साहित्यका स्रष्टात्रयको एकै ठाँउमा सालिक स्थापना यो नै प्रथम हो । 

trimurti niketan

जोरपाटीस्थित समता शिक्षा निकेतनका पाँच वर्षीय रचना सुब्बा, सङ्गीता आचार्य र प्रमिला विश्वकर्माबाट अत्यन्त भव्य समारोहमाझ त्रिमूर्तिका पूर्ण कदका सालिकको अनावरण भएको थियो ।

काठमाडौँको सञ्चारग्रामस्थित नेपाली शैलीको घरको छानामा त्रिमूर्तिलाई विराजमान गराइएको छ भने घरभित्र त्रिमूर्ति विषयक कृतिहरू समाविष्ट गरी त्रिमूर्ति पुस्तकालयको सञ्चालन गरिएको छ । त्रिमूर्ति पुस्तकालयमा त्रिमूर्तिद्वारा लेखिएका र त्रिमूर्तिबारे लेखिएका कृति मात्र राखिनेछ ।

संवत् २००९ सालमा कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको दार्जीलिङ भ्रमणको अवसरमा उनीहरूलाई त्रिमूर्तिको नाउँमा प्रस्तावित गरिएको थियो । त्यसरी त्रिमूर्तिको नामकरण गर्नेहरू पनि त्रिमूर्ति नै (सूधपा) अर्थात् सूर्यविक्रम ज्ञवाली, धरणीधर शर्मा र पारसमणि प्रधान  थिए ।

त्रिमूर्ति निकेतन
सञ्चारग्राम, तीलगङ्गा
टेलिफोन: ४७७१४५५,
फ्याक्स: ४७७०५८०
पोस्ट बक्स: ११४४१,
काठमाडौं, नेपाल
Email: trimurtinepal@gmail.com
Website: www.trimurtinepal.com.np

Literary Organizations: 

Comments