Author
कसैलाई रिझाउन पनि अहो कस्तो गाह्रो
कसैलाई फकाउन पनि अहो कस्तो गाह्रो
मन मिलेर मात्र के गर्नु कुरा नमिलेपछि
पिरतिको स्वाद चखाउन पनि अहो कस्तो गाह्रो ।
---
खुशीले नाँच्न पनि अचेल पैसा लाग्ने भो
ढंगले बाँच्न पनि अचेल पैसा लाग्ने भो
मन परेन खै मलाई त यो बजारिया संस्कृति
माया गाँस्न पनि अचेल पैसा लाग्ने भो ।
---
कति मीठा छन् तिमी झैँ तिम्रा यी गुनासाहरू
कति गहिरा छन् समुद्र झैँ तिम्रा यी आँखाहरू
पौडिन पाए सधैं यी आँखामा हराउँन पाए—
सजिलै पार लगाइन्थ्यो होला जिन्दगीका यी बाधाहरू ।
Segments
Language
- 94 views