Loading

तिमी आउँछ्यौ भन्ने आशै आशमा/ यादव खरेल

तिमी आउँछ्यौ भन्ने आशै आशमा
बाटोभरि आँखा ओछ्याइरहन्छु
तिमी सागर भई जता बगे पनि
म किनार भई पछ्याइरहन्छु

तिमीले नदी किनारमा गएर सुन्नू
म कल्कलाएको हुन्छु
म तिम्रो मुटुको ढुकढुकीमा
सुस्तरी चल्बलाएको हुन्छु

तिमीले गुफाहरुमा बसेर सुन्नू
म भुन्भुनाएको हुन्छु
म तिम्रो बोलीको प्रतिध्वनिमा
मधुर गुन्गुनाएको हुन्छु


Segments: 
Author: 

Comments