Loading

खाली निधार हातले छामे काम गर्दागर्दै / राकेश कार्की

खाली निधार हातले छामे काम गर्दागर्दै
कति साल टिको छुट्यो डलर भर्दाभर्दै

मेरी दिदी मेरी बैनी सम्झिएकि छ्यौ कि ?
झझल्कोमा कोही देखे लाग्छ तिमी हौ कि ?

कुकुर पूजा गाई पूजा झिलिमिली झिल्ला
आँगनभरि आफन्तको छुटेछ है भेला

सयपत्री मखमली मेरो गला रित्तै
तिहार त याद मात्र बुझ्दैन चित्तै ।

Author: 
Segments: 

Comments