Loading

तेस्रो किनारा मार्फत अभय

काठमाडौं, जेठ ४/ अघिल्ला दुई कृतिमा चंकी श्रेष्ठको चिनारीमा रहेका सर्जक आफ्नो पहिलो कथासंग्रहसहित बेग्लै परिचय बोकेर आएका छन् । उनै चंकी नेपाली साहित्यमा अभय श्रेष्ठको रूपमा औपचारिक प्रवेश गरेका छन् १५ कथाहरूको सँगालो ‘तेस्रो किनारा’को साथमा । यसअघि श्रेष्ठको २०६० मा फूलबिनाको शाखा गजलसंग्रह र २०६२ मा कायाकल्प कवितासंग्रह प्रकाशन भइसकेको छ ।

पुस्तक विमोचन कार्यक्रममा कथाकार अभयले संग्रहका कथाहरू आफ्नै भोगाइ र आत्मदर्शनका प्रकाशन भएको बताए । अ.त.को सत्याग्रह शीर्षकको लामो कथा समेत रहेको पुस्तकलाई सांग्रिला बुक्सले प्रकाशन गरेको हो । 

Segments: 

Comments