Loading

Nayanraj Pandey

जगदीश दाइ, कहाँ हराएको ? / नयनराज पाण्डे

Jagdish Ghimireम जीवनको बारेमा लेख्नुपर्छ भन्ने सोच राख्छु । जीवनबोध नै त हो हामीलाई बाँच्न उत्प्रेरित गरिरहने । यही एउटा माध्यम हो, जसले हाम्रा किताबका चरित्रहरूलाई जीवनमुखी बनाएर सिर्जनाको राजमार्गमा लड्दैपड्दै भए पनि निरन्तर हिँडिरहन बाध्य बनाउँछौं हामी । हामी कलमजीवीले यसो गर्‍यौं भने हाम्रो लेखनी पलायनवादी हुँदैन रे । यसो भन्छन्, किताबका जानकार र समालोचकहरू । तर मैले मेरा आख्यानहरूमा चरित्रहरूलाई निकै मारेको छु । म मेरा चरित्रहरूको हत्यारा हुँ । क्रूर हत्यारा । 'लू' र 'घामकिरी'ले यस मानेमा मलाई कुख्यात बनाएको छ । 

निदाएँ जगदम्बा / नयनराज पाण्डे

उनलाई अचेल राम्ररी निद्रा पर्दैन। अनिद्राका रोगी भएका छन्। सुरुसुरुमा त उनले आफ्नो अनिद्रालाई सामान्य रूपमा लिएका थिए। तर पछि उनलाई यसले निकै दुःख देला जस्तो लाग्न थाल्यो। एक त राजनीति गर्ने मान्छे। त्यसै पनि सधैँ तनावग्रस्त, सधैँ चिन्ताग्रस्त भइरहनुपर्ने। आराम भनेको त्यही राति निदाउँदासम्मको हो। तर त्यही निद्रा नै हराएपछि स्वास्थ्यमा प्रतिकूल असर पर्ने नै भयो। यो कुरा उनले धेरैसम्म कसैलाई भनेका थिएनन्। साह्रै भएपछि एक दिन उनले आफ्नी श्रीमती जगदम्बालाई भने ‘जगदम्बा ! अचेल मलाई निद्रा पर्दैन।‘

Segments: 

रेड वाइन / नयनराज पाण्डे

'ओहो ! हजुरले कैले पनि पिइबक्सन्न ? साँच्ची ? हजुरलाई रम, ब्रान्डी, हि्वस्की, वाइन कसैको पनि स्वाद थाहा छैन ? हजुरजस्तो व्यक्तिलाई पाएर हामी धन्य भएका छौँ । खुसी छौँ । साह्रै खुसी छौँ । हजुरको नेतृत्वमा काम गर्न हामी आतुर छौँ । लालायित छौँ । व्यग्र छौँ । हामी हजुरलाई तन-मन दिएर सहयोग गर्नेछौँ ।'

Segments: 

मृत्युशय्यामा युधिष्ठिर / नयनराज पाण्डे

यो कथा इतिहासमा कतै पनि लेखिएको छैन । तर, यसका पात्रहरु अझै पनि जीवित छन् । दुर्भाग्य ! तिनीहरु यस कथाको सत्यताको साक्षी बस्न तयार छैनन् ।

Segments: 

Comments

Subscribe to Nayanraj Pandey