Sarubhakta

Sarubhakta

यस्तो दिन आओस यहाँ, मायैमायाको बास होस्/ सरुभक्त

Rating: 
Your rating: None Average: 3 (2 votes)

यस्तो दिन आओस यहाँ, मायैमायाको बास होस्

रिस, द्वेष र घृणाहरू सबै सबैको नाश होस्

मानवताको अंश भै म यस्तो सपना देखिरहेछु

मेरो सुन्दर धर्ती भोलि स्वर्गभन्दा पनि खास होस् ।

Author: 
Segments: 

प्रेमीहरू प्रेम गरी अजम्मरी पीडा सहिरहन्छन्/ सरुभक्त

Rating: 
Your rating: None Average: 4.5 (2 votes)

प्रेमीहरू प्रेम गरी अजम्मरी पीडा सहिरहन्छन्

ढुङ्गामाटो कणकणमा आत्मा बनी रहिरहन्छन्

चाहे दुनियाँले मानोस वा मान्न इन्कार गरोस्

प्रेमीहरू नबोलिकनै चरित्रले केही कहिरहन्छन् ।

Author: 
Segments: 

प्रेम तपस्या हो स्वः परीक्षामा बस्नु पर्छ/ सरुभक्त

Rating: 
No votes yet

प्रेम तपस्या हो स्वः परीक्षामा बस्नु पर्छ
कमजोरीहरू आए भने हृदय जम्मै कस्नुपर्छ
घृणाको यो दुनियामा प्रेम गर्छु भनी ठान्छौं भने
अरुका लागि हाँसीहाँसी नर्कमा पनि पस्नुपर्छ ।

Author: 
Segments: 

तिमीलाई नदेख्दा यस्तो लाग्छ, प्रत्येक क्षण देखेझैँ/ सरुभक्त

Rating: 
No votes yet

तिमीलाई नदेख्दा यस्तो लाग्छ, प्रत्येक क्षण देखेझैँ
मनको अनन्त पानीभरि प्रेमपत्र सधैँ लेखेझैँ
झरीका बादलहरू कति आए अनि कति गए
हिमालझैँ ठडिई मनका विषादहरू सबै छेकेझैँ ।

Author: 
Segments: 

प्रेमको नाम लिई फोहोरी खेल खेल्ने नगर/ सरुभक्त

Rating: 
No votes yet

प्रेमको नाम लिई फोहोरी खेल खेल्ने नगर 

घामलाई सानो सम्झी हत्केलाले छेल्ने नगर 

Author: 
Segments: 

प्रेम अनायास हुन्छ, गर्छु भनेर गर्न सकिन्न/सरुभक्त

Rating: 
Your rating: None Average: 5 (1 vote)

प्रेम अनायास हुन्छ, गर्छु भनेर गर्न सकिन्न 

मनभित्र विशाल सागर भर्छु भनेर भर्न सकिन्न 

Author: 

प्रेम पवित्र हुन्छ, हिमाली मूलको पानीझैँ/ सरुभक्त

Rating: 
No votes yet

प्रेम पवित्र हुन्छ, हिमाली मूलको पानीझैँ 

चरित्रले बेदाग मानौँ  सुनकेशरी रानीझैँ 

शब्दकोशबाट बुझिन्न, आफैंबाट बुझी हेर 

Author: 
Segments: 

प्रेममा घात हुँदैन, कहिल्यै प्रतिघात हुँदैन/सरुभक्त

Rating: 
No votes yet

प्रेममा घात हुँदैन, कहिल्यै प्रतिघात हुँदैन 

ठूलो सानो भन्ने पनि प्रेममा कुनै जात हुँदैन 

Author: 
Segments: 

तिमीलाई माया गर्दा सर्वस्व सबै लुटाइदिन्छु/ सरूभक्त

Rating: 
No votes yet

तिमीलाई माया गर्दा सर्वस्व सबै लुटाइदिन्छु
खुसीका जम्मै अवसरहरू एक-एक गरी छुटाइदिन्छु
तिमी भन मात्र जीवनका कति शिखर चढछ्यौं
तिम्रा लागि मनभित्र असंख्य मन जुटाइदिन्छु ।

Author: 
Segments: 

प्रेम गरेर केही मागूँ, म भिखारी बन्न चाहन्न/ सरूभक्त

Rating: 
Your rating: None Average: 1 (1 vote)

प्रेम गरेर केही मागूँ, म भिखारी बन्न चाहन्न
सत्य भन्छु, म जीवनलाई यति तुच्छ भन्न चाहन्न
समर्पणको जीवनमा समर्पण नै गर्न देऊ है
विश्वासलाई चोट पारी आफ्नै दिल खन्न चाहन्न ।

Author: 
Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.