Sarubhakta

Sarubhakta

प्रेम प्रेम हो उमेरको कुनै रहर होइन/ सरुभक्त

Rating: 
Your rating: None Average: 3 (1 vote)

प्रेम प्रेम हो उमेरको कुनै रहर होइन

प्रेम प्रेम हो स्वाष्टिष्ट कुनै जहर होइन

प्रेमलाई वर्जित फल मान्ने अज्ञानीहरू हो !

प्रेम प्रेम हो अभिशापको कुनै कहर होइन ।

Author: 
Segments: 

जिन्दगीको हरेक क्षण प्रेमोत्सव बाँचिदिन्छु/ सरुभक्त

Rating: 
Your rating: None Average: 5 (2 votes)

जिन्दगीको हरेक क्षण प्रेमोत्सव बाँचिदिन्छु

अरुले होइन मायाले नै जिन्दगी यो जाँचिदिन्छु

म मरे पनि मेरो माया कहिल्लै मर्ने छैन

माटो अनि खरानीमै तिम्रो याद साँचिदिन्छु ।

Author: 
Segments: 

घृणा छ यो दुनियाँमा धेरै प्रेमको दुनियाँ बसाइरहूँ/ सरुभक्त

Rating: 
Your rating: None Average: 4 (1 vote)

घृणा छ यो दुनियाँमा धेरै प्रेमको दुनियाँ बसाइरहूँ

कठोर छ यो दुनियाँ धेरै कोमलता केही पसाइरहूँ

ढुकढुकीको अर्थ आफ्नै ढुकढुकीलाई सोधे हुन्छ

प्रेमोत्सव मानी जिन्दगीलाई सिर्जनामा रसाइरहूँ ।

Author: 
Segments: 

बोलीले के याद गरुँ, धड्कनले याद गर्छु हुन्न र ? / सरुभक्त

Rating: 
No votes yet

बोलीले के याद गरुँ, धड्कनले याद गर्छु हुन्न

नसानसामा तातो रगतले मायाको घर बुन्न

Author: 
Segments: 

प्रेमका लागि भनी धर्तीमा अब नबगाऊ रगतका धाराहरू /सरुभक्त

Rating: 
Your rating: None Average: 4 (1 vote)

प्रेमका लागि भनी धर्तीमा अब नबगाऊ रगतका धाराहरू

साँचेर युगौंदेखिका अहङ्ककार अनि विश्वविजयी पाराहरू

बन्दुक, तोप र तरवारहरूको मन जित्न नसकिने भए

Author: 
Segments: 

थोरैले साँचो माया गर्छन् धेरैले माया गरेझैँ गर्छन्/ सरुभक्त

Rating: 
Your rating: None Average: 4.3 (4 votes)

थोरैले साँचो माया गर्छन् धेरैले माया गरेझैँ गर्छन्

नपाएसम्म एक अर्कालाई हुरुक्क भै मरेझैँ गर्छन्

राम्रैसित चिन्न सकिन्छ नक्कली माया लाउनेहरू

बसन्त पूरै हराए फतक्क भै झरेझै गर्छन् ।

Author: 
Segments: 

अजम्मरी पीडा भए, अजम्मरी मनले पिइदिनु/ सरुभक्त

Rating: 
No votes yet

अजम्मरी पीडा भए, अजम्मरी मनले पिइदिनु

खिइनुको हद कहाँ हुन्छ, त्यसलाई नाघी खिइदिनु

प्रेम गर्दा जीवनमा जति निर्दयी प्रहार परे पनि

तिमी हरेक प्रहारमा आँशुको फूल भैदिनु ।

Author: 
Segments: 

ताजमहल नै चाहन्छौं भने हरेक क्षण ताजमहल बनाइरहन्छु/ सरुभक्त

Rating: 
Your rating: None Average: 4 (2 votes)

ताजमहल नै चाहन्छौं भने हरेक क्षण ताजमहल बनाइरहन्छु

हृदयभरि सिङगमरमर होइन मायैमाया खन्याइरहन्छु

के दुनियाँका आश्चर्यहरूमा आश्चर्य मानिरहन्छौं तिमी

Author: 
Segments: 

कहिलेकाहीं प्रेममा हृदय ठनक्क भाँचिन्छ/ सरुभक्त

Rating: 
Your rating: None Average: 1 (1 vote)

कहिलेकाहीं प्रेममा हृदय ठनक्क भाँचिन्छ

दुर्भाग्यको चोट परी अधमरो भइ बाँचिन्छ

समयको चक्र यहाँ जति उल्टो घुमे पनि

आस्थाभरिको जीवनमा पवित्रता मात्रै साँचिन्छ ।

Author: 
Segments: 

प्रेमको युद्ध अन्त होइन, आफैंभित्र लडिन्छन्/ सरुभक्त

Rating: 
No votes yet

प्रेमको युद्ध अन्त होइन, आफैंभित्र लडिन्छन्

हृदयको कुरुक्षेत्रमा विजयझन्डा ठडिन्छन्

इतिहासमा जति भए पनि कथित प्रेमका युद्धहरू

महान् प्रेम त यहाँ महान् छातिहरूमै अडिन्छन् ।

Author: 
Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.