Sarubhakta

भूपी, क्रिकेट र ब्रेडमन / सरुभक्त

Bhupi Serchanऊ सर्वाङ्ग सेतो र छरितो लुगा लगाएर ब्याटिङ गर्न क्रिजमा उभिएको थियो । ऊ कुन क्रममा ब्याटिङ गर्न खेल मैदानमा प्रवेश गर्‍यो, मैले थाहा पाइनँ । कुन स्थानमा ऊ ब्याटिङ गरिरहेको थियो, त्यो पनि मैले थाहा पाइनँ । उसको अर्काेपट्टि क्रिजमा को उभिइरहेको थियो, मैले ध्यान दिइनँ । उसको विकेटपछाडि को थियो, त्यो पनि मैले याद गरिनँ । मैदानभरि छरिएका फिल्डरहरुलाईर् देखेर पनि सायद देखिनँ । मैले उसलाईर् हेरें, हेरिरहें । कारण ऊ

मान्छेहरू हृदयमा अनन्त सपना सजाइराख्नु/ सरुभक्त

मान्छेहरू हृदयमा अनन्त सपना सजाइराख्नु

कठोर यो धर्तीभरि अस्तित्व आफ्नो कजाइराख्नु

उज्यालो र अँध्यारोको यो महान सृष्टि यात्रामा

जीवनभर प्रेमको अजम्मरी धुन बजाइराख्नु ।

Author
Segments

प्रेमीहरू प्रेम गर्छन्, कर्तव्यबाट भाग्दैनन्/ सरुभक्त

प्रेमीहरू प्रेम गर्छन्, कर्तव्यबाट भाग्दैनन्

हृदयमा जलन भै मलहम केही माग्दैनन

जिन्दगीमा अप्रिय बोझहरू जति खेप्नुपरे पनि

प्रेमीहरू प्रेमास्थाका मर्यादा कहिल्यै नाघ्दैनन् ।

Author
Segments

आस्था हराएर कहिल्लै पनि बिहानी खुल्न सक्दिनँ म/ सरुभक्त

आस्था हराएर कहिल्लै पनि बिहानी खुल्न सक्दिनँ म

समयको क्षणिक बजारमा बेहोसीसाथ घुल्न सक्दिनँ म

विशाल दुनियाँमा तिमीबाट जति टाढा भैगए पनि

आफूलाई भुल्न सक्छु तर तिमीलाई भुल्न सक्दिनँ म ।

Author
Segments

खुसीहरू मात्र हुँदैनन् मायामा असङख्य उछवासहरू हुन्छन्/ सरुभक्त

खुसीहरू मात्र हुँदैनन् मायामा असङख्य उछवासहरू हुन्छन्

हजार जन्मभन्दा लामो मायामा असङख्य निश्वासहरू हुन्छन्

कोमल तर चट्टान जस्तो मायालु हृदयलाई सोध

Author
Segments

प्रेमको घाउ लाग्यो भने अप्रेमहरूले भर्ने नगर/ सरुभक्त

प्रेमको घाउ लाग्यो भने अप्रेमहरूले भर्ने नगर 

दुर्भाग्यको खोलालाई नसकी-नसकी कहिल्यै तर्ने नगर 

प्रेम-प्रेम हो, मनको कुनै कमजोरी होइन 

त्यसैले बाँच्न छोडी जिन्दगीमा छिनछिनमा मर्ने नगर  

Author
Segments

स्वार्थको बजारमा हेर, स्वार्थको तानातान छ / सरुभक्त

स्वार्थको बजारमा हेर, स्वार्थको तानातान छ

नबुझेर होइन, सबै कुरा जानाजान छ

हृदयका तरेलीहरूमा प्रेमका मूल नफुटेर

मान्छेको बस्तीमा आजभोलि सर्वत्र हानाहान छ ।

Author
Segments

प्रेमपथका यात्रीहरू हरघडी प्रेम चिताइरहन्छन् / सरुभक्त

प्रेमपथका यात्रीहरू हरघडी प्रेम चिताइरहन्छन्

उछ्वासविना जिन्दगीमा हरघडी प्रेम जिताइहरन्छन्

सपनाहरू जति विपना बन्न सके पनि, नसके पनि

प्रेमपथका यात्रीहरू हरघडी प्रेममै बिताइरहन्छन् ।

Author
Segments

प्रेम कति गहिरो हुन्छ, नापेर नाप्न सकिँदैन/ सरुभक्त

प्रेम कति गहिरो हुन्छ, नापेर नाप्न सकिँदैन

प्रेममाथि अरु केही खापेर खाप्न सकिँदैन

कसरी भनूँ म कि प्रेमको अनुभूति कस्तो हुन्छ ?

प्रेमलाई शब्दहरूमा पूरै छापेर छाप्न सकिँदैन ।

Author
Segments

म कसरी भनूँ माया कि मेरो नाम दिलमा टाँसिदिऊ / सरुभक्त

म कसरी भनूँ माया कि मेरो नाम दिलमा टाँसिदिऊ
दया गरेर भए पनि केही बेर बेमनले हाँसिदिऊ
माया माया हो सर्तबाजीको कुनै खेल होइन
त्यसैले भोग्छु तर भन्दिनँ कि मलाई हरेक क्षण फाँसी देऊ ।

Author
Segments