Govinda Gothale

स्रष्टा गोठालेको सिर्जनात्मक व्यक्तित्व / कृष्णचन्द्रसिंह प्रधान

बाटोमा फालिराखेको प्रजापरिषद्को पर्चा टिपेको भरमा सिंहदरबारको केरकारमा पर्नुपर्ला भन्ने उसबेलाको केटोलाई के थाहा ? त्यसबेला 'शारदा' मा उनको रचना छापिन लागेको रहेछ आफ्नो उही नामबाट छापिदा झन् दण्डित पो हुने हो कि भन्ने झमेलाबाट जोगिन झट्टपट्ट नाउँको पछाडि उपनाम जोड्छन् 'गोठाले' । त्यस बेलादेखि 'गोठाले' भएको साहित्यकार गोविन्दबहादुर मल्ल यही नामले चिनिन्छन् र हामी सम्बोधन गर्दै आइरहेका छौँ ।

हवाइजहाजको गर्भ / गोविन्दबहादुर मल्ल 'गोठाले'

हवाइजहाजको ढोका बन्द भयो । सँगसँगै इन्द्रभक्तको शरीरका सारा तन्तु सामसुम भए । अब त्यहाँ पालम छैन, एयरर्पोटको गञ्जागोल छैन, बराबर हवाइजहाज उड्दा, ओर्लंदा भइरहने एयरर्पोटको चित्कार पनि छैन ।

Segments