Loading

Ramesh Vikal

विशाल किराँत प्रदेशको दुर्दान्त शिकारी शासक / रमेश विकल

एकदिन किराँत प्रदेशको घना जङ्गलमा एउटा गौर वर्णको अत्यन्त तेजिलो सुन्दर युवकलाई विचरण गरिरहेको देखियो । शिकारी भेषमा देखिएको यो युवक त्यस भेगमा नौलो थियो । त्यसैले मानिसहरू खास गरी युवायुवतीहरू उसप्रति आकषिर्त भए तर उसको प्रखर तेज, दवङ्ग, व्यक्तित्व देखेर उसको नजिक जान हच्किरहेका थिए ।

Author: 
Segments: 

समालोचकको दृष्टिमा विधागत रमेश विकल/ प्रेम तिवारी

रमेश विकल साहित्य प्रतिष्ठानद्वारा प्रकाशित 'रमेश विकलः बिम्ब एक प्रतिबिम्ब अनेक' नामक समालोचना ग्रन्थमा उनका जीवनीलाई प्रश्रय दिने समग्र साहित्य र जीवनवृतिसँग सम्बन्धित समालोचनाहरूलाई समावेश गरी उनका योगदानलाई आधार मानेर समालोचनात्मक लेखहरूको क्रम निर्धारण गरिएको छ । ग्रन्थमा जीवनवृत्ति तथा कृतित्वसम्बन्धी २, कथासम्बन्धी २२, उपन्याससम्बन्धी ९, नाटकसम्बन्धी २, बालसाहित्यसम्बन्धी ५, नियात्रासम्बन्धी ४ र आत्मकथासम्बन्धी १ गरी ४५ वटा समालोचकीय रचनालाई स्थान दिइएको छ । यसमा कतिपय कृतिहरूको दोहोर्‍याइ-तेहर्‍याइ समालोचना भएका छन् भने कतिपय कृतिहरूका बारेमा कलमसमेत डोबेको पाइँदैन । यसैले कतिपय पक्

Segments: 

ती दुई निर्दोष आँखाहरू

तीन पुगेर चार मात्र लागेको छ ऊ । फराकिलो निधार, चम्किला बडाबडा आँखा, ऊ कुनै तल्लो वर्गको श्रमिक वर्गको छोरोजस्तो पटक्कै लाग्दैन ।

तीन पुगेर चार मात्र लागेको छ ऊ । फराकिलो निधार, चम्किला बडाबडा आँखा, ऊ कुनै तल्लो वर्गको श्रमिक वर्गको छोरोजस्तो पटक्कै लाग्दैन । तर, ऊ पहाडको किसानकै छोरा हो । किसान पनि अर्धकिसान । पश्चिम पहाडमा एउटा सानो गाउँ थियो, गर्भे । त्यसैको पुछारमा एउटा सानो झुप्रोमा उसको बाबु बिर्खे- बिर्खबहादुर र आमा दिलमाया दुःखजिलो गरी बसेका थिए । तर, पहाडमा मारकाट चल्न थालेपछि उनीहरू मैदानतिर झरेर एउटा सानो सहरनजिकै गाउँमा बस्न थालेका थिए ।

Segments: 
Author: 

Comments

Subscribe to Ramesh Vikal