Loading

Gopalprasad Rimal

होश / गोपालप्रसाद रिमाल

म मानिस आफ्नो खुशीले जन्मेको होइन,
आफ्नो खुशीले मर्ने पनि होइन ।
यो ज्ञान कसलाई भएको हो साथी ?
यो संसार सपना हो,
जीवन पानीको फोका हो,
यहाँ कोही पनि आफ्ना छैनन्,
जो छन् तिमीजस्तै नै जन्मेका हुन् ।
तिमीजस्तै नै मर्ने हुन् ।
यो वैराग कसलाई भएको हो साथी ?
म सर्वसम्पन्न अर्थात् ईश्वर हुँ,
म भोगी हुँ,
म सिद्ध हुँ,
मजत्तिको अरु कोही छैन,
म मोज गर्छु ।
यस्तो मोहजाल, यस्तो प्रकारको अज्ञान
कसलाइृ भउको हो साथी ?
म मानिस न त आफ्नो खुशीले जन्मेको हुँ,
म आफ्नो खुशीले मर्ने हुं ।
यस्तो मोहजाल, यस्तो प्रकारको अज्ञान

गुनासो / गोपालप्रसाद रिमाल

म अहिल्यै त नमरुँ, नमरुँ !
मेरो यही एउटा इच्छा, यही एउटा पुकार
एउटै यो जिउँदो गुनासो, रहीरही ठुँग्ने यो
एउटै पीर—
म नमरुँ, अहिल्यै नमरुँ !
मैले नहिर्काई चित्तै नबुभ्mने गरी थाहा पाएँ—
मेरा यी पाखुरामा कुन बल लुकेका रहेछन्—
म वालिजत्तिकै बली रहेछु—मलाई हटाउन रामले जस्तै
लुकेर प्रहार गर्नुपर्ने रहेछ ।
त्यसैले मेरो यो भुजाको बलले,
मेरो हृदयमा जागेको जहरिलो घृणाले,
मेरो धारिलो मस्तिष्कको चोटले
मेरो दुश्मनमाथि म आफ्नो पनि माया मारेर
निस्फिक्री नबज्रेसम्म,
मलाई मारेर आजसम्म बाँचिरहेका दुश्मनलाई
लम्पसार पार्दै—

Segments: 

तिमी को ? / गोपालप्रसाद रिमाल

यहाँ हामीलाई आफ्नो अशक्यता नै प्रिय छ,
त्यसलाई छोप्ने अहङ्कार नै प्रिय छ !
त्यो उदाङ्ग पार्न खोज्ने तिमी को ?
यहाँ हामीलाई यो अलमल नै प्रिय छ,
यो धरमर नै प्रिय छ;
तर, हामी त्यसो भन्न चाहँदैनौं;
त्यो भन्ने तिमी को ?
यहाँ श्रृङ्खला ल्याउन खोज्ने तिमी को ?
हामीलाई हाम्रो हार नै प्रिय छ,
दुर्गति नै प्रिय छ,
यो पसारो नै प्रिय छ,
उठाउन खोज्ने तिमी को ?
हामीलाई हाम्रो सुधार चाहिएको छैन,
क्रान्ति चाहिएको छैन,
उधारो गुण र क्रान्तिको भ्रान्ति
कसैले केहीबेरको लागि दिए हुन्थ्यो भन्ने हाम्रो जपना छ,

Segments: 

रजतजयन्ती / गोपालप्रसाद रिमाल

आज रजतजयन्ती ।
आँखा, तँ बन्द हो–
तेरो नक्कलझक्कलको आज के काम ?
नाक, तँ टालिई–
तेरो सुँध्ने शक्तिलाई आज विर्सिदे ।
यो उत्ताउलो पूmलले लटरम्म वसन्त त होइन ?
दशै इन्द्रियहरु, आफ्ना थान्का लाग ।
तिमीहरुको घमण्डको पखेटा
आज काटिदिन्छु ।
जोसित इच्छा छ यसैसित सोध ।
सवै एकै स्वरमा जवाफ दिनेछन्–
”आज हाम्रो आनन्द दिवस हो–
यो दिन ननिभ्ने गरी उज्ज्वल छ ;
आज रजतजयन्ती ।”
(क)

Segments: 

आमाको वेदना / गोपालप्रसाद रिमाल

रात अज्ञानझैँ अँध्यारो थियो;
स्वर्थजस्तै चिसो बतासको हुरी थियो;
अहङ्कारझैँ मेघ गर्जिरहेको थियो;
कुच्रिँदा कुच्रिँदै मेरो छातीमा
अकस्मात् बिजुलीझैँ झिलिक्क भो ।
एउटा आगो,
एउटा रश्मिपुञ्जको उदय भइदिए कस्तो हुन्थ्यो,
जसले यस तमलाई ज्योतिर्मय तुल्याइदेओस् !
कस्तो हुन्थ्यो !!
* * *
अनि एक झिसमिसे बिहान,
जब सूर्यले आफ्नो पहिलो सुनौलो तीर
अन्धकारतिर हानेका मात्र के थिए-
मलाई मीठो थाहा भयो ।
मभित्र एउटा आगो जन्मेको छ,
जो बिस्तारै रूप पाउन लागिरहेछ ।
यस ज्ञानले मेरो मस्तिष्कमा
सपनाको वसन्त ओइरिदियो;
आशाको साउने भेल पोखिदियो;

Segments: 

दन्त्यकथा / गोपालप्रसाद रिमाल

दन्त्यकथाकी राजकुमारी र एक गरीब !
कसरी तिनका ठूला लाम्चिला आँखाहरु
एक जोडी ताराझैं माथिबाट तल झरे
र त्यो गरीबको हृदयमा स्वर्गीय जलन सल्काइदिए ?
फेरि कसरी हिलोको कमलमा परेका
दुई थोपा शीतजस्ता गरीबका आँखामा
स्वर्गले आफ्नो छाया देख्यो ?
ताज्जुबको कुरा छ,
तर यो मीठो कुरा दिन
दन्त्यकथा कन्जुसी गर्दछ
दन्त्यकथा खालि यत्ति भन्छ:
उनीहरुको प्रेम पर्‍यो !
हो, पानी झैं पर्‍यो होला
अनि आगो झैं बल्यो होला ।
राजपथको छोटो हेराहेरमा
मर्यादाशीला राजकुमारीको हेराइ, चलाइबाट तेरो भोक मेट्न
जलन सेलाउने के कुरा पाउँछस् र तँ

Segments: 

मृत्यु / गोपालप्रसाद रिमाल

पानीको छलबलमा
छरिइरहेको घामझैँ
हरियोमाथि फुलहरु तार्किएझैं खेलिरहेका थिए हावामा ।
तिनीहरुको चञ्चल छाया
मृत्युको कालो हाँसोजस्तो थियो—
त्यो दृश्य नै यही भन्दथ्यो ।
दुई दिनपछि
घाममा हाँसिरहेका ती फूलहरु
छायामा निदाउरिँदै सुक्दै गए ।

Segments: 

रिमालका साहित्यिक व्यक्तित्व विकासका मोडहरु र लेखनको खास सक्रियअवधि / रामनाथ बराल

Gopal Prasad Rimalगोपालप्रसाद रिमाल नेपाली काव्य र नाटक साहित्यमा नयाँ आयाम थप्ने एक यशस्वी प्रतिभा हुन् । यिनको जन्म विक्रम संवत् १९७४ जेष्ठमा काठमाडौंको लगनटोलस्थित पैत्रिक घरमा भएको हो । उनको साहित्यिक जीवनको थालनी उनकै स्वीकारोक्ति अनुसार १९९० सालदेखि भएको हो, तापनि प्रकाशित रुपमा १९९२ साल मार्ग, पौष महिनाको शारदा’ मा... प्रति -त्यहाँ मनोरम छहरा नजिक हातमा फूल लिएकी) कविताबाट भएको हो ।

Pages

Comments

Subscribe to Gopalprasad Rimal