DailyPics

Taralal's Book

समालोचक डा. तारालाल श्रेष्ठको 'शक्ति, स्रष्टा सबाल्टर्न' नामक कृतिको विमोचन समारोहमा राजधानीको गुरुकुलमा भेला भएका बायाँबाट डा. श्रेष्ठ, माओवादी नेता राम कार्की, डा. अभि सुवेदी, शारदा शर्मा, अञ्जना बिशंखे र डा. अरुण गुप्‍तो । कृतिमा पिछडिएका, दबिएकाहरूबारे नेपाली साहित्यमा लेखिएका कृतिबारे विश्लेषण गरिएको छ ।

तस्बिर : अनलाइन साहित्य 

Photogallery

Geeta Tripathee's Book Release

Book Release

राजधानीमा आयोजित कार्यक्रमकाबिच कवि तथा समालोचक गीता त्रिपाठीको नयाँ कृति ‘कृति विश्लेषण ः प्रायोगिक आयाम’ सार्वाजनिक गर्दै वरिष्ठ समालोचक प्रा. राजेन्द्र सुवेदी । गुञ्जनद्वारा आयोजित सो कार्यक्रम  संस्थाकी अध्यक्ष गीता केशरीको सभापतित्वमा सम्पन्न भएको थियो ।

Photogallery

Program on World Book Day

World Book Day

विश्व पुस्तक दिवसको अवसरमा शुभारम्भ - द म्युजिकल जर्नी तथा नेपाल-भारत पुस्तकालयद्वारा संयुक्त रूपमा आयोजित एक विशेष कार्यक्रममा किशोर पहाडी, प्रकाश सायमी, सनतकुमार वस्ती, श्रीओम श्रेष्ठ रोदन र गीता त्रिपाठीले सिर्जना वाचनको साथै रोचक साहित्यिक किस्सा पनि प्रस्तुत गरे ।

तस्बिर: जोतारे धाइबा/अनलाइन साहित्य

Photogallery

Happy New Year 2068 !

Happy New Year 2068

मुस्कान लिएर आअोस् नयाँ वर्ष: हाम्रा सम्पूर्ण शुभचिन्तकहरूमा नव वर्ष २०६८ को सुखद अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

~अनलाइन साहित्य डटकम

चित्र: क्रिस चक

Photogallery

Mato Ra Mutu Bimochit

माटो र मुटु: कवि देवी नेपालको छन्दोवद्ध काव्यकृति "माटो र मुटु" को विमोचनगर्दै सभामुख सुवास नेम्वाङले । विमोचित कृति माथि थुप्रै स्रष्टा/द्रष्टाहरुले समीक्षात्मक टिप्पणी गरेका थिए भने लोचन भट्टर्राई, शिशिर योगी लगायतका कलाकारहरुले छन्दोवद्ध कवितावाचन गरे ।

तस्वीर: रमेश पौडेल / काठमाडौँ

Photogallery

Modern Songs Competition Winners

रेडियो नेपालको ६१औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित आधुनिक गीत
प्रतियोगितामा पुरस्कृत प्रतिभाहरू बायाँबाट क्रमश: आनन्द राई- उत्कृष्ट संगीतकार,
विश्व नेपाली- गायन द्वितीय, सुजाता बर्मा-गायन प्रथम, राज सिग्देल- गायन तृतीय,
प्रदीप निरौला- उत्कृष्ट गीतकार ।

तस्बीर: रमेश पौडेल/फेसबुक

Photogallery