Loading

Sanatkumar

उपयोगी 'वाह गजल'/ तुलसीहरि कोइराला

नेपाली साहित्यमा गजलको प्रवेश गराउने आदिसाहित्यकारका रूपमा युवककवि मोतीराम भट्टको नाम लिइन्छ । उनले बनारसमा लामो समयसम्म बसेर संस्कृत, हिन्दी, ऊर्दू, फारसीजस्ता भाषाको अध्ययन गरेर गजल विधामा कलम चलाएका थिए र गजलको मूलधर्म शृङ्गारिकतालाई उनले मलजल गरेका थिए । यति पुरानो गजललेखन परम्परालाई अगाडि बढाउने सैद्धान्तिक ज्ञान हासिल गरेका रथीहरूको कमीका कारण सुषुप्त अबस्थामा रहेको गजललाई पछिल्लो समयमा आएर स्रष्टाको ठूलो भीडले जुरुक्कै बोकेको अनुभव हुन्छ । सैद्धान्तिक ज्ञान लिएर सम्पूर्ण नियमहरू पालन गरी गजल सिर्जना गर्ने 'गजलविज्ञ' को कमीका कारण बढी टीका-टिप्पणी पनि गजलमाथि नै

Segments: 

बसूँ भन्दा कतै आवास छैन/ सनत कुमार वस्ती

बसूँ भन्दा कतै आवास छैन
ऊडूँ भन्छु खुला आकाश छैन

अँध्यारोमै कटाएँ रात सारा
उषाको खै ! अझै आभास छैन

वसन्ती फूलमै अल्झिन्छ ज्यादा
जवानीको कुनै विश्वास छैन

कतै बेहोशीमा छल्किन्छ प्याला
कसैको भागमा दुई गाँस छैन

जलायो ग्रीष्मले फ्याँक्यो हुरीले
मलाई बैंसको मधुमास छैन

दुष्कर्मले साम्राज्य मिल्छ
कुनै सत्कर्ममा स्याबास छैन

उदासीको गजल गाइरहेछु
कतै सङ्गीतमा उल्लास छैन

बरु यै जिन्दगी आतंक बन्छ
मलाई मृत्युको सन्त्रास छैन।

Author: 
Segments: 

Comments

Subscribe to Sanatkumar