Loading

Lalijan Rawal

त्यसै त्यसै पनि अचेल मात लाग्छ / ललिजन रावल

त्यसै त्यसै पनि अचेल मात लाग्छ
जे मागे नि शून्य मात्र हात लाग्छ
 
चोखो मनले हितका कुरा गर्दा पनि
आफैलाई यहाँ सधैं बात लाग्छ
 
उज्यालैमा सबै थोक भएपछि
मलाई त दिन पनि रात लाग्छ
 

Author: 
Segments: 

आँखाभित्र कति कति आँसु लुकेको छ / ललिजन रावल

आँखाभित्र कति कति आँसु लुकेको छ
तिम्रो जस्तै मेरो पनि मन दुखेको छ
 
शहरभित्र मलाई खुशी ठान्छौ भने ठान
भर्खरै त रोई रोई आँखा सुकेको छ
 
आफैलाई फर्की फर्की हेर्दै अघि बढें

Author: 
Segments: 

बन्दुकबाट कतै निक्लिएको गोली / ललिजन रावल

बन्दुकबाट कतै निक्लिएको गोली
नखेली छाड्दैन रगतको होली

जे जे दिन्छौ देऊ तिम्रो आफ्नै खुशी
मैले थापी दिएँ रित्तो मेरो झोली
 
किनार सधैं खोज्छ अँगालोमा बाँध्न
तर अघि अघि भागिहिड्छ खोली
 

Author: 
Segments: 

एउटा परदेशी आई सोध्यो मेरो नाउँ / ललिजन रावल

एउटा परदेशी आई सोध्यो मेरो नाउँ
तर चाँडै छोडी गयो यो रमाइलो ठाउँ

उसकै छेउ उडी पुग्न मन लाग्छ तर
प्वाँख बिना उडी त्यसै कसरी म जाऊँ

एउटा चिठी उसैलाई पठाउनु थियो

Author: 

भैगो अब तिम्रा कुरा मान्छु अलिकति / ललिजन रावल

भैगो अब तिम्रा कुरा मान्छु अलिकति
आजलाई वाचा-कसम खान्छु अलिकति

जति रिस उठे पनि मन दुखे पनि
ढुङ्गा होइन फूलले फेरि हान्छु अलिकति

जे-जे दियौ तिम्ले सधैँ मैले थापी रहेँ

Author: 
Segments: 

गजलगङ्गामा बान्की परेको डुङ्गा/ ललिजन रावल

सङ्घर्ष जिन्दगीको खारिन्छ एकचोटि
यो जिन्दगी सुनौलो पारिन्छ एकचोटि

निकै माथिल्लो कोटीको भाव व्यञ्जना अभिव्यक्त भएको यस सेरमा समुन्नत मानव समाजको निर्माणको निम्ति सङ्घर्षको उच्चतम् स्वरुपप्रति विश्वस्तता प्रकट गरिएको छ। सुनौलो जिन्दगी प्राप्तिका लागि युगौँदेखि मानिस र समाजले सङ्घर्ष गर्दै आइरहेको छ, तर अझै पनि सङ्घर्षको खारिएको रुप देखिएको छैन। त्यही नदेखिएको कुरा प्राप्तिका लागि गजलकार सप्रेम अर्चनाको यस सेरले अत्यन्त सुललित किसिमले आह्वान गरेको छ। यसै सेरमार्फत पनि गजलकार अर्चनाको गजलसँगको आँखी–झ्याल खोल्न सकिन्छ भन्ने म ठान्छु।

Author: 
Segments: 

नखोलेरै राखिएको एउटा बन्द खाम थियो / ललिजन रावल

नखोलेरै राखिएको एउटा बन्द खाम थियो
भित्र के-के थियो कुन्नि बाहिर मेरै नाम थियो

कताबाट उजाडियो मनको सानो फूलबारी
भर्खरै त फूलहरुको यहाँ फुल्ने याम थियो

आज किन यहाँ केहि, केहि पनि देखिएन
हिजै मात्र सपना खोज्ने आँखाहरुको लाम थियो

सधै- सधै बग्ने खोली एकै छिन रोकीइदेउ
तिम्रो वेगसंग मलाई अलिकति काम थियो

मनमा दियो विश्वासको नबलेको जिन्दगीमा
धेरै-धेरै अन्धकार थोरै मात्र घाम थियो

Author: 
Segments: 

Comments

Subscribe to Lalijan Rawal