Ravi Pranjal

Tukrieka Sapanaharu / Ravi Pranjal

टङ्…टङ्…टङ्… कहीँ टाढा मन्दिरबाट घण्ट बजेको आवाज आइरहेको थियो । रातको मध्य प्रहर थियो। मौन थियो कोठा अनि मौन थियो ऊ पनि । सानो कोठा, दुइवटा खाट, एउटा मेच, भुइँमा ‌ओछ्याइएको खजमजिएको दरी, भित्तामा झुण्डिएको एउटा पुरानो क्यालेन्डर र मेचमाथि थुप्रिएका उसका कपडाहरुलाइ छोडेर अरु सामान भन्नुमा चुरोटका उदास ठुटाहरू -जो यत्रतत्र छरिएका थिए । एउटा खाटमा ऊ स्वयम् बसेको थियो भित्तामा अडेस लागेर ।
Author
Segments

रवि प्राञ्जल

नाम- रविनाथ पौडेल
जन्म- २०१७ जेठ ११ गते, भाटभटेनी, काठमाडौं
शिक्षा- स्नातकोत्तर/ संगीतमा स्नातक (बी म्युज)
विधा- गजल/कविता
पहिलो रचना-
२०३५ मा संरक्षक साप्ताहिकमा प्रभात-संन्ध्या शीर्षकको कविता

Author
Segments

किनारा कहाँ छ यो जिन्दगीको ?/ रवि प्राञ्जल

किनारा कहाँ छ यो जिन्दगीको ?
सहारा कहाँ छ यो जिन्दगीको ?

तिमी नबस्दा यो मनको कुनामा
गुजारा कहाँ छ यो जिन्दगीको ?

तलाउ खोज्दै धेरै भो बगेको ,
त्यो रारा कहाँ छ यो जिन्दगीको ?

भरिन्न पेट सान्त्वना ले मात्र ,
त्यो चारा कहाँ छ यो जिन्दगीको ?

घस्री रहेछु म घस्री रहेछु ,
हल्कारा कहाँ छ यो जिन्दगीको ?

Author
Segments

लयमा नेपाली गजल / रवि प्राञ्जल

फारसीबाट उर्दु र हिन्दी हुँदै नेपाली भाषामा गजलले प्रवेश गरेको एक सय वर्षपुगिसकेको छ । नेपाली गजल लेखनको आरम्भकालका गजलहरूमा संस्कृतको पिंगल छन्द तथा फारसी बहरको अत्यधिक प्रयोग भएको पाइन्छ ।

Author

जे जे भन्छौ सबै बिना शर्त गरी रा'छु/ रवि प्राञ्जल

जे जे भन्छौ सबै बिना शर्त गरी रा'छु ।
किनार भेट्न अझै मैले नर्क तरी रा'छु।

थाहा छैन त्यो मुटुमा कहाँ निर छु म ?
सगरमाथा जस्तै हरेक वर्ष सरी रा'छु।

नजानेरै रोपिएछ जहर जिन्दगीमा
त्यही जहर हुर्काउन खर्च भरी रा'छु ।

थाहा छैन कहाँ पुग्यो पहिचान मेरो ?
आफैंलाई चिन्न उही खर्क झरी रा'छु।

तिम्रो मनको बगैंचामा फूल भयो 'रवि'
उन्को मनको बगैंचामा सर्प दरी रा'छु।

Author
Segments