खगेन्द्र दाजु नमर्नूस् प्लिज / राजेन्द्र थापा
Submitted by Online Sahitya on Sun, 10/06/2013 - 16:55गत शनिबारको 'अक्षर'मा खगेन्द्र संग्रौला दाजुले मेरा 'खेलौना' खेल्दा पड्केर हो वा हजारौं हजारपाठकले पढिदिएर, पैसा बर्सियो भनेर हो कि आफू मरेको घोषणा गरेकाले म मर्माहत छु। करिब ३८वर्षअघि यौटा उपन्यास लेखेर लेख्न छाडे पनि अहिले खेलौना लेखेर खगेन्द्र दाजुलाई आत्महत्या गर्न विवश बनाएछु मैले। दाजु मर्ने थाहा भए, यस्तो जिनिस किन लेख्थें र!